ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

प्रधानमन्त्री केपी शर्मा ओलीको दावी संसद पुर्नस्थापना हुँदैन

द प्रेस नेपाल संवाददाता

१५ पुस, काठमाडौ‌ें

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा कुनै पनि हालतमा पुर्नस्थापना नहुने ठोकुवा गरेका छन् । उनले संविधानको धारा ७६ को उपधारा ७ र धारा ८१ को उपधारा १ लाई हवला दिदै सो कुरा वताएका हुन् । ६४ प्रतिशतको बहुमतको प्रधानमन्त्रीले गरेको संसद विघटन कुनै पनि हालतमा पुर्नस्थापना नहुने भन्दै प्रधानमन्त्री ओलीले निर्वाचनको तयारी गर्न सबै राजनीतिक दललाई आग्रह गरेका छन् ।

राजनीतिक पुर्वाग्रह नसाध्न समेत कानुन ब्यवसायीलाई उनले आग्रह गरे । धारा ७६ को उपधारा ७ मा प्रस्टरुपमा प्रधानमन्त्रीको सिफारिमा राष्ट्रपतिले अर्को चुनावको घोषणा गर्न सक्ने व्यवस्था रहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले धारा ८५ को उपधारा १ मा यस संविधान बमोजिम अगावै विघटन भएकोमा बाहेक यसको कार्यकाल पाँच वर्षको हुनेछ भनेर प्रस्टरुपमा लेखिएको वताए । उनले नेपालको संविधान अन्तराष्ट्रिय अभ्यासलाई समेत ध्यान दिन आग्रह गरे । उनले वेलायतको उदारण दिदै भने – “वेलायतमा लिखित संविधान छैन तर त्यहाँ अस्ति भरखरै संसद विघटन भयो, चुनाव भयो । संसदिय प्रणालीमा प्रधानमन्त्रीको विशेषाधिकारको रुपमा संसद विघटनलाई लिने गरिन्छ ।”

बुधवार काठमाडौंमा आयोजित सुदरपश्चिम प्रदेशको कार्यकर्ता भेलालाई सम्वोधन गर्दै ओलीले आन्दोलनकारी प्रचण्ड नेपाल समूह चुनावमा जान डराएको आरोप लगाएका छन् । “उहाँहरु परपर सिगौँरी खेल्दै भित्ता हान्दै हिड्नुहुन्छ तर नजिकै आएर भिड्न डराउनु हुन्छ । परपर सिगौँरी खेल्न सजिलो छ । कहिले माईतिघर मण्डेला कहिले प्रदर्शनी मार्ग सिगौँरी खेल्दै हिड्नु हुन्छ । एक्लै सिगौँरी खेल्दा कुनै खतरा हुदैन् , राम्रो छ । तर जनताले मतदान गरेको वेलामा थाहा हुनेछ । मेरो सुझाव छ , चुनावको तयारी गर्नुहोस केही सिट चुनाव जित्नुहोस – प्रधानमन्त्री केपी शर्मा ओली भने।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *