ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोना परीक्षण लागि व्यक्तिगत विवरण अनिवार्य

द प्रेस नेपाल संवाददाता्

पुष १५ , काठमाडौं

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिडको नमुना परीक्षण गर्ने क्रममा व्यक्तिगत विवरण र ठेगाना स्पष्ट उल्लेख गर्न सम्वन्धि सबैलाई आग्रह गरेको छ । मन्त्रालयले विभिन्न अस्पताल प्रयोगशाला र सम्बन्धित निकायहरुलाई पटक पटक नमुना परीक्षण गर्नेहरुको ठेगाना स्पष्ट उल्लेख गर्न समेतआग्रह गरेको छ ।

यसअघी पनि सम्विन्धित निकाय तथा विभागलाई निर्देशन दिएको भएपनि त्यसको राम्रोसँग कार्यान्वयन नगर्दा यसले समास्या सिर्जना गरेको मन्त्रालयले जनाएको छ । दोहोर्याएर कोभिड परिक्षण गराउनेहरुको विवरण स्पस्टरुपमा अभिलेख नगर्दा कोभिडको तथ्याङ्क भरपर्दो हुन नसकेको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले वताए ।

” परीक्षण गर्न आउनेहरुको नमूना संकलन गर्ने क्रममा विभिन्न संस्थाले फरक तरिकाले विवरण र ठेगाना लेख्ने गरेकोले संक्रमितको पहिचान तथा संक्रमण पुष्टि भएमा खोज अनुसन्धान गर्न कठिन भएको छ,- प्रवक्ता गौतमले भने ।” यदि कसैले व्यक्तिगत विवरण र ठेगाना अन्यथा भइ समस्या वा उजुरी परेमा कारवाही समेत गरिने चेतावनी गौतमले दिए ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप ७ जनाले ज्यान गुमाएका छन् । हालसम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या १ लाख ८ हजार ४७ जना रहेका छन् । गत चौबीस घण्टामा देशभरबाट ६ सय जना कोरोना संक्रमण मुक्त भएका छन् । हालसम्म कोरोनामुक्त हुने संख्या २ लाख ५१ हजार ९ सय १२ जना रहेको छ । अहिलेसम्म संक्रमित मध्ये कोरोना मुक्त हुने प्रतिशत ९६ दशमलव ९ रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार गत चौबीस घण्टामा ५ हजार १ सय १० वटा नमूना परीक्षण गर्दा काठमाडौं उपत्यकामा ३ सय १२ जना सहित देशभर ५ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म कोरोना संक्रमण पुष्टि हुने संख्या २ लाख ६० हजार ५९ जना पुगेको छ । देशभर क्वारेन्टिनमा ३ सय ६२ जना सहित सक्रिय संक्रमित संख्या ६ हजार ३ सय जना रहेका छन् । पछिल्लो समयमा आसियुमा उपचारत २ सय १७ जना र भेन्टिलेटरमा ३७ जना रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *