ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नयाँ कोरोना भाइरसको उच्च जोखिम , जनस्वास्थ्य प्रयोगशाला भन्छ, परिक्षण गर्ने उपकरण नै छैन्

सेयर गर्नुहोस
  • 13
  •  
  •  
  •  
    13
    Shares

द प्रेस नेपाल संवाददाता

पुष १५ , काठमाडौं

खोप आएसँगै कोरोना महामारी नियन्त्रण हुने अपेक्षा गरिएको समयमा कोरोनाको नयाँ प्रकार देखा परेपछि त्रास बढेको छ । बेलायतमा देखिएको नयाँ भाइरस अन्य देशमा पनि पुगिसकेको छ । ‍ यो भाइरस नेपालमा भित्रिने सम्भावना निकै उच्च रहेको र यसको सम्भावित चुनौति र रोकथामबारे सरकार गंम्भिर बन्नुपर्नेमा चिकित्सकहरुले जोड दिएका छन् ।

विश्वव्यापी कोरोना महामारी सुरु भएको एक वर्ष नपुग्दै उक्त भाइसकै नयाँ प्रजाति वेलायतमा देखिएको छ । जसका कारण युरोपका विभिन्न देशले वेलायतमाथी आवतजावतमा प्रतिवन्ध लगाएका थिए । सोमवार वेलायतवाट आएका ५ जना यात्रुमा कोभिड देखिएपछी उक्त भाइरस पुरानै प्रजाति हो वा नयाँ प्रजातिको हो भनेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परिक्षण भइरहेको छ ।

कोरोना भाइस विरुद्धको खोप आएपछि यसको नियन्त्रणको अपेक्षा बढिरहेको समयमा नयाँ प्रकारको कोरोना देखिएपछि विश्वव्यापीरुपमा त्रास बढेको छ । कोरोना भाइरस म्युटेसन भइ स्वरुप नै परीवर्तन गरेको हुन सक्ने आकँलन भइरहेको छ । जसलाई चिकित्सकहरुले “VOC2020 ट्वेलवान” नाम दिएका छन् ।

नयाँ भाइरस पुरानो कोरोना भाइरसबाट जिन म्युटेसन भएर बनेको बैज्ञानिकहरुको दावि छ । नयाँ प्रकारको भाइरस पहिलेको भन्दा ७० प्रतिशत बढी संक्रामक अर्थात् तीव्र गतिमा सार्ने क्षमताको रहेको अनुसन्धानले देखाएको छ । बेलायतमा पहिलो पटक देखा परेको कोरोनाको नयाँ प्रकार अहिले फ्रान्स डेनमार्क, नाइजेरिया,भारत, जापान, अमेरीका लगायत मुलुकमा पुगिसकेको छ ।

विभिन्न मुलुकले नाका बन्द गर्नुका साथै हवाइ यात्रामा समेत प्रतिबन्ध समेत लगाएका छन् । नेपालमा पनि युकेबाट आएका र ती देशहरु हुदै आएका २ सय ७७ जना नागरिक निगरानीमा रहेकोमा ५ जनामा कोरोना देखिएको छ । तर नयाँ प्रकारको कोरोना परीक्षणका लागि नेपालमा उपकरण नभएका कारण अहिलेसम्म चिकित्सकहरु नै यसबारे केही भन्न सक्ने अवस्था नभएको वताउँछन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा वासुदेव पाण्डे भन्छन ” वेलायतवाट आएका मानिसहरुमा पुरानै प्रकारको लक्षण देखिन्छ र उनीहरुको स्वास्थ्य अवस्थामा पनि सामान्य छ । उनीहरुमा नयाँ प्रजातिको कोभिड हो वा होइन भनेर यकिन भने भइसकेको छैन । नेपालमा नयाँ प्रकारको कोरोनाको परिक्षणका लागि उपकरण अभाव छ ।”

नयाँ भनिएको कोरोना भाइरसको पनि अंधिकाश लक्षणहरु पहिलेको जस्तै रहेको बताइएको छ । “ज्वरो आउने, आँखा दुख्ने, वान्ता हुने, स्वाद वा गन्ध हराउने लगायतका लक्षणहरु नयाँ प्रकारको कोरोनाले पनि गराउने गरेको छ । यसको स्वरुप अर्थात् जिन स्केनिङ हेर्नका लागी छुट्टै प्रविधिको आवश्यक पर्छ जुन् नेपालमा अहिलेसम्म उपलब्ध छैन । नयाँ प्रकारको भाइरस नेपाल भित्रिने खतरा उच्च रहेको र त्यसका लागि छुट्टै प्रविधी र जनशक्ति तयारी अवस्थामा राख्नु पर्नेछ, सरुवा रोग अस्पताल टेकुमा रिसर्च युनिटका प्रमुख चिकित्सक डा शेर बहादुर पुनको भनाई छ । “

नयाँ कोरोना भाइरसको संक्रमण विभिन्न देशहरुमा देखिएसँगैं नेपालले पनि बेलायतबाट हुने उडान र यात्रु आगमनलाई प्रतिबन्ध लगाइसकेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले गत बुधबार रातिदेखि लागू हुने गरी बेलायत र बेलायत ट्रान्जिट भएर आउने यात्रुलाई नल्याउन र ल्याउनुपरेमा अनिर्वाय क्वारेन्टिन र पिसिआर परिक्षण गर्न निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *