ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

विद्युतीय ग्रीड लागि एडिबीसँग १८ अर्ब २५ करोड रुपैयाँ ऋण सम्झौतामा हस्ताक्षर

द प्रेस नेपाल संवाददाता

काठमाडौं, पुस १५

नेपालको विद्युतीय ग्रीड आधुनिकीकरणका लागि एसियाली विकास बैंक एडिबीसँग १८ अर्ब २५ करोड रुपैयाँ (अमेरिकी डलर १५६ मिलियन) बराबर को ऋण सम्झौतामा हस्ताक्षर भएको छ ।

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा सरकारको तर्फबाट सहसचिव श्रीकृष्ण नेपाल र एसियाली विकास बैंकका नेपाल आवासीय कार्यालयका अफिस इन्चार्ज रुडी भ्यान डेलले हस्ताक्षर गरेका छन् ।

सहसचिव नेपालले -‘ विद्युतीय ग्रीड आधुनिकीकरण आयोजनाको विद्युत प्रसारण एवं वितरण प्रणालीमा सुधार गर्ने, विद्युत ग्रीडको आधुनिकीकरण गरी विद्युत आपूर्तिलाई दिगो र भरपर्दो बनाउने र नेपाल विद्युत प्राधिकरणको क्षमता विकास एवं सुदृढीकरण गर्ने उद्देश्य रहेको जानकारी वताए । ‘

विद्युतीय ग्रीड आधुनिकीकरण आयोजनाको कुल लागत करिव २२ अर्ब ८१ करोड रुपैयाँ (अमेरिकी डलर १९५ मिलियन ) बराबर रहेकोमा १८ अर्ब २५ करोड एसियाली विकास बैंक र बाँकी ४ अर्ब ५६ करोड रुपैयाँ (अमेरिकी डलर ३९ मिलियन) बराबर नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको स्रोतबाट व्यहोरिने अर्थमन्त्रालयले जानकारी दिएको छ ।

विद्युतीय ग्रीड आधुनिकीकरण आयोजनाबाट विद्युत चुहावटका कारण हुने उर्जा नोक्सानीलाई न्यूनीकरण गरी बचत हुने उर्जा छिमेकी मुलुकमा समेत निर्यात गर्न सकिने र यसबाट देशको आर्थिक गतिविधिमा समेत सकारात्मक योगदान पुग्ने अर्थ मन्त्रालयले जनाएको छ । यो आयोजनाको कार्यान्वयन गर्ने निकाय नेपाल विद्युत प्राधिकरण हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *