ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

हिमालयन एयरलाइन्सको जहाजबाट स्वदेश फर्कियो चिनियाँ टोली

द प्रेस नेपाल संवाददाता

पुष, १५ , काठमाडौं

नेपाल कम्युनिष्ट पार्टीमा देखिएको विभाजनको रेखा मेटाउन असफल भएपछी चिनियाँ कम्युनिष्ट पार्टीको टोली स्वदेश फर्किएको छ ।
(आज) बुधबार बिहान पौने नौ बजे हिमालय एयरलाइन्सको नियमित उडानमा टोली फर्किएको एक स्रोतले जानकारी दिएको छ।

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्री कुओ येचौको नेतृत्वको चार सदस्यीय टोली आइतबार दिउँसो काठमाडौं ओर्लिएको थियो। काठमाडौं आउँदा टोली एयर चाइनाको चार्टर्ड विमानमा आएको थियो। उनीहरूले विमानस्थलबाट बाहिर निस्कँदा पनि पिपिई सेट लगाएका थिए।


आइतबार काठमाडौं आएदेखी नै चिनियाँ टोलीले राजनीतिक भेटघाटलाई तिव्र वनाएको थियो । सुरूमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेको टोलीले सोही दिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेको थियो।

काठमाडौंमा रहँदा चिनियाँ टोलीले नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालका साथै वरिष्ठ नेता झलनाथ खनाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसँग पनि भेटघाट गरेको थियो।

नेकपाका नेताहरूसँगको भेटमा चिनियाँ टोलीले अझै पनि कतै मिल्ने ठाउँ भए तपाईंहरू मिल्नुस् भन्ने सुझाव दिएको थियो । तर दुबै पक्षका नेताहरुले आ- आफ्नै अडान दोहोर्याएपछी चिनियाँ टोलीको प्रयास असफल भएको हो । प्रचण्ड नेपाल गुटका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओली संसद पुर्नस्थापना गरी आत्माआलोचना गर्न तयार भएमा आफु एकताको लागि तयार रहेको चिनियाँ टोलीलाई वताएका प्रचण्ड माधव गुटका एक नेताले वताए । यता प्रधानमन्त्री केपी शर्मा ओलीले अब पछाडी फर्कन नसकिने चिनियाँ टोलीलाई वताएका थिए ।

यता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटक्रममा चिनियाँ टोलीले चिनियाँ कम्युनिष्ट पार्टीको स्थपानाको १ सय २५ वर्षको अवसरमा चीन भ्रमणको निम्तो दिएको छ । नेपाली कांग्रेस र चीनबिचमा विपि कोइरालाको समय देखी नै सुमधुर सम्वन्ध रहेकाले अब पनि त्यसले निरन्तरता पाउने आसा चिनियाँ टोलीले सभापति शेरवहादुर देउवासँग राखेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *