ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

अन्योलका बीच एसईई परिक्षाको आवेदन खुला

सेयर गर्नुहोस
  • 18
  •  
  •  
  •  
    18
    Shares

काठमाडौं, पुस १५ । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा एसईईको आवेदन फारम खुलाएको छ । बुधबार बोर्डले एसईई परीक्षाको आवेदन खुला गरेको हो ।

एसईई परीक्षा कहिले हुने भन्ने अन्यौलकै बीच परीक्षा आवेदन फारम खुला गरेको हो । बोर्डले कक्षा १० का विद्यार्थीले एसईईमा समावेश हुन फारम भर्ने सूचना निकालेको छ । सूचनाअनुसार आवेदन फारम पुस १६ देखि माघ २१ गतेसम्म भरिसक्नुपर्नेछ ।

आवेदन नियमित विद्यार्थी, माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक पौढ विद्यालय र प्राविधिक धारतर्फका विद्यालयमा अध्ययनरत विद्यार्थी समेतलाई आवेदन खुला गरिएको छ । फाराम भर्न प्रतिविद्यार्थी पाँच सय रूपैयाँ लाग्नेछ ।

यस्तै बोर्डले ९ कक्षाका विद्यार्थीको रजिष्ट्रेशन फारम भर्न पनि सूचना निकालेको छ । त्यसका लागि प्रतिविद्यार्थी तीन सय रूपैयाँ लाग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *