ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

संघर्षपूर्ण जित निकालेको म्याचेस्टर युनाइटेड दोस्रो स्थानमा उक्लियो

सेयर गर्नुहोस
  • 7
  •  
  •  
  •  
    7
    Shares

एजेन्सी । उल्भरह्याम्पटनमाथि १–० संघर्ष पूर्ण जित निकाले म्यानचेस्टर युनाइटेड प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा घरेलु टोल म्यानचेस्टर युनाइटेडले अतिरिक्त समयमा गोल गर्दै अंक जोड्न सफल भएको हो । पहिलो र दोस्रो हाफमा गोल नभएको खेलमा इन्जुरी समयमा मार्कुस रासफोर्डले एक गोल गर्दै टोलीलाई जित दिलाएका हुन् ।

जित निकालेको युनाइटेडले १५ खेलबाट ३० अंक बनाएको छ । शीर्ष स्थानमा रहेको साविकको च्याम्पियन लिभरपुलको ३२ अंक रहेको छ । लेस्टर सिटी २९ अंकसहित तेस्रो स्थानमा रहेको छ ।
यस्तै आर्सनलले बाइन्टियमलाई १–० गोलले हराएको छ ।

गएराति नै भएको खेलमा बर्नलीले सेफिल्ड युनाइटेडलाई १–० गोलले हराएको छ । यस्तै साउथ ह्याम्टन र वेष्ट ह्यामबीचको अर्को खेल गोलरहित बराबरीमा सकिएको छ । लिड्स युनाइटेडले भने वेष्ट ब्रोमलाई ५–० गोलले हराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *