ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

विश्वभर ५ करोड ८२ लाख संक्रमणमुक्त, १७ लाख ९४ हजारको मृत्यु

काठमाडाैं, पुस १५ । विश्वभरमा पाँच करोड ८२ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । बुधबार बिहानसम्ममा पाँच करोड ८२ लाख ८८ हजार दुई सय ४९ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

हालसम्म विश्वमा आठ करोड २२ लाख ७५ हजार नौं सय ६४ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये १७ लाख ९४ हजार आठ सय ८९ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा दुई करोड २१ लाख ९२ हजारभन्दा बढी सक्रिय संक्रमित छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म एक करोड ९९ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये एक करोड १८ लाख १४ हजारभन्दा बढी निको भएका छन् भने तीन लाख ४६ हजार दुई सय ६९ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म एक करोड दुई लाख ४५ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये ९८ लाख ३३ हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ४८ हजार चार सय ७५ जना पुगेको छ ।

नेपालमा हालसम्म दुई लाख ५९ हजार पाँच सय ४८ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये दुई लाख ५१ हजार तीन सय १२ जना निको भएका छन् । यहाँ कोरोनाबाट एक हजार आठ सय ४० जनाले ज्यान गुमाइसकेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *