डोरमणि पौडेलद्वारा संसदीय दलका उपनेता र सचेतक बर्खास्त
काठमाडाैं, पुस १४ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता र सचेतकलाई पदबाट बर्खास्त गरेका छन् ।
मुख्यमन्त्री पौडेलले दलको नेताको हैसियतले उपनेता शालिकराम जमरकट्टेल र सचेतक बुद्धिमान माझीलाई पदबाट हटाएका हुन् ।
प्रचण्ड–नेपाल समूहमा रहेका दुवै जनाले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए । पछिल्लो समय नेकपा विभाजन भएपछि एक पक्षले अर्को पक्षलाई बर्खास्त गर्ने परम्परा नै बन्दै गएको छ ।