ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सरकारले कोभिड विरुद्धको भ्याक्सिन ल्याउने कार्ययोजना बनाए पनि कागजमा मात्र सिमित रहेको विज्ञको भनाइ,

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  

विभिन्न देशमा कोरोनाविरुद्धको खोप सुरु भैसकेपनि नेपालमा कहिले आउँछ भन्ने टुङ्गो छैन । सर्वसाधारण नागरिकमा खोप कहिले आउला भन्ने जिज्ञासा भएपनि विज्ञ चिकित्सकहरुले सरकारले व्यवहारिक तयारी नथालेको बताएका छन् ।

विश्वभर खोप उपलब्ध हुँदा पनि नेपालमा खोप चौथो चरणमा मात्र आउने भएकाले यसै भन्न नसकिने विज्ञहरुको भनाई छ ।

कोरोना महामारीबाट संक्रमित हुने र मृत्यु हुनेको संख्यामा कमी आएको छैन । बरु विभिन्न प्रकारका नयाँ कोरोना भाइरसहरु देखिन थालेपछि संसारभर चिन्ता र सन्त्रास बढेको छ ।

कतिपय देशमा कोरोनाविरुद्ध खोप अभियान थालिसकिएको छ । विकसित राष्ट्रहरुले आफ्नो नागरिकको सुरक्षाका लागि भनेर अर्वौं डलरको खोप बुकिङ गर्न थालेका छन् ।

नेपालमा कोरोनाको खोप कहिले आउला र लगाउन पाइएला भनेर नागरिकहरुमा जिज्ञासा बढिरहेको छ । अन्य देशमा खोप लगाएका समाचार निरन्तर आउन थालेपछि नेपाल सरकारले पनि खोप ल्याउन प्रकृया अगाडी बढाउनु पर्ने सुवास दहालको भनाइ छ ।

त्यस्तै हरी श्रेष्ठले पनि अरुको देशमा नागरीकहरुले धमाधम  भ्याक्सिन  लगाउन सुरु गरी रहदा नेपालले खासै चासो नदिएको बताउछन् ।

स्वास्थ्य विभाग अन्तरगतको बाल स्वास्थ्य तथा खोप महाशाखाका प्रमुख डा झलक गौतमले विभिन्न देशहरुमा विकसित भएका खोपहरु मध्ये हाम्रो देशमा भएका स्रोत साधन र भण्डारनका लागी उपगयुक्त खोप ल्याउनका लागि प्रक्रिया अघि बढिसकेको बताए ।

सरकारले खोप खरिदका लागि ४८ अर्व रुपैयाँ आवश्यक पर्ने र स्वास्थ्य मन्त्रालयले आवश्यक परे थप रकमको ब्यवस्थापन गर्न अर्थ मन्त्रालयमा प्रस्ताव समेत गर्ने जानकारी दिए।

सरकारले भ्याक्सिन ल्याउनका लागी  तयारी भैरहेको बताएपनि विज्ञहरु भने  खोप भ्याक्सिन ल्याउने तयारी व्यवहारिकरुपमा भैरहेको कुरा नपत्याउने बताउछन् ।

अहिले पनि नेपाल सरकार भ्रममा रहेको बताउछन । सरकारले कोभ्याक्स अन्तरगतको खोप आउछ भनिरहेको भएपनि त्यो सजिलै उपलब्ध नहुने जनस्वास्थ्य विज्ञ डा रविन्द्र पाण्डेले बताए ।

कोभ्याक्स अन्तर्गत २० प्रतिशतलाई खोप उपलब्ध गराउने भने पनि  पहिलो चरणमा ३ प्रतिशतले मात्र पाउने ब्यवस्था छ ।त्यसैले बाँकी भ्याक्सिनका लागी एक दुइ बर्ष कुर्नु पर्ने पनि हुन सक्ने विज्ञहरु बताउछन् ।

अहिले प्रभावकारी मानिएका भ्याक्सिनहरु विश्व स्वास्थ्य संगठनले स्वीकृत गरेपनि भ्याक्सिन सहज रुपमा पाउने भनेको  शेअर होल्डर देशहरुले पाउने हुदा नेपालमा खोप आउने कुरा सहज नरहेको डाक्टर पाण्डेले बताए ।

कोभ्याक्सको खोप उपलब्ध हुँदा पनि अग्रिम बुकिङ गरेकाहरु पाउने र पैसा तिरेर किन्न सक्नेले तेश्रो चरणमा पाउने भएकाले नेपालले कुनै प्रक्रिया अघि नबढाएकोले  चौथो चरण कुर्नुपर्ने भएकोले सबै देशका नागरीकहरुले भ्याक्सिन लगाइसक्दा नेपालका नागरीकहरुले भने नपाउने अवस्था आउन सक्ने डा पाण्डेले बताए ।

त्यसैले पनि नेपालमा खोप आएर नागरिकले पाउने भन्ने कुरा त्यती सहज नभएको र खोप आउन कती समय लाग्ने हो भन्ने बारे अहिले नै भन्न नसकिने अवस्था छ ।

हाम्रो देशमा अहिले सम्म कार्ययोजना बनाउने र कागजी रुपमा मात्र सिमित रहेको विज्ञहरु बताउछन् ।द्रुतमार्गबाट खोप देशमा भित्र्याउनका लागि सरकारले सबै खाले पहल एकसाथ अघि बढाउनुपर्ने सुझाव उनीहरुले दिएका छन् ।

  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *