ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

प्रधानमन्त्री केपी ओली गोटी भए – प्रचण्ड

काठमाडौं,पुस १४। पूर्वप्रधानमन्त्री तथा नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओली गोटी बनेको आरोप लगाएका छन।

संसद विघटनको विरोधमा उक्त समुहले आयोजना गरेको विरोध सभालाई संवोधन गर्दै अध्यक्ष दाहालले भने -‘मलाई लाग्छ, केपी ओली गोटी भएका हुन् । वैशाखपछि  उनी प्रधानमन्त्री पनि रहँदैनन्, नेपालको राजनीतिक इतिहासबाट तिनको पत्तासाथ हुनेबाला छ । अनि उनीले नै श्री ३ महाराजधिराज हुन्छु भनेर हुन्छ ।’

ओलीले चुनाव गर्न मध्यावधि घोषणा नगरेको भन्दै भ्रममा नपर्न आग्रह गर्दै भने – ‘कतिपय मानिसहरुलाई कम्युनिस्ट पार्टी विभाजित भएको, मध्यावधि भइहाल्यो भने हामीले चुनाव जितिन्छ भनेर अलिअलि सपना देख्न खोजेको सुनिन्छ’

चुनाव हुन्छ भन्नेमा स्वयंम केपी शर्मा ओलीलाई भरोसा नभएको समेत जनाएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *