२४ घण्टामा ७०८ जना कोरोना संक्रमित ,८ संक्रमितको मृत्यु

काठमाडौं, पुस १४ ।
चौबीस घण्टामाकोरोनाका कारण थप ८ जनाको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ४० पुगेको छ ।
देशभरका विभिन्न प्रयोगशालामा गरीएको ६ हजार १ सय ३५ वटा नमुना परीक्षणमा काठमाडौं उपत्यकामा ३ सय ९८ जनासहित देशभर ७ सय ८ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर संक्रमितको संख्या २ लाख ५९ हजार ५ सय ४८ जना रहेका छन् ।
यसैगरि चौबीस घण्टामा ७ सय ३१ जना कोरोनामुक्त भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ५१ हजार ३ सय १२ रहेको छ । हालसम्म कोरोना मुक्त हुने प्रतिशत ९६ दशमलव आठ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हाल देशभर ६ हजार ३ सय ९६ सक्रिय संक्रमित रहेका छन भने २ सय २८ जना आइसियू र ४० जनाको भेन्टिलेटरमा उपचार भैरहेको मन्त्रालयले जनाएको छ ।।