ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

प्रधानमन्त्री ओलीले मरिचमानले जतिपनि काम गर्न नसकेको नेकपा नेता झलनाथ खनालको आरोप ।

काठमाडौं पुस १४ । नेकपा प्रचण्ड–माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओलीले मरिचमान श्रेष्ठ र नगेन्द्रप्रसाद रिजालले जत्ति पनि काम गर्न नसकेको आरोप लगाएका छन ।

नेपका प्रचण्ड – माधव समुहले आयोजना गरेको विरोध कार्यक्रमलाई संवोधन गर्दै उक्त समुहका वरिष्ठ नेता खनालले रेल, पानी जहाज, र भान्सामा ग्यास पुर्याउने भनेपनि कामको सिन्को नभाचेको आरो लगाएका हुन। खनालले भने – ‘कहिले पानी जहाजको कुरा गर्नुभयो, कहिले घरघरमा पाइपबाट ग्यास ल्याउने कुरा गर्नुभयो । खोइ पानी जहाज ? खोइ घरघरमा ग्यास पाइप ? ।’

तरकाम गर्न नसकेको भनेर आफूहरुले प्रश्न गर्दा प्रधानमन्त्री ओलीले विश्व चकित हुने काम गरेको दाबी गरेको सुनाए । ओलीले सडक र पुललाई समाजवाद देखेको र पछिल्लो समय त मैले रानी पोखरी बनाएँ भन्न थालेको उनले बताए ।

बालुवाटार पुगेकै दिनदेखि केपी शर्मा ओलीले पार्टी बिर्सिएको आरोप लगाएका छन् ।

नेता खनालले प्रधानमन्त्री भएर बालुवाटार पुग्ने बित्तिकै पार्टी भुलेको समेत आरोप लगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *