प्रतिगमन नसच्चिएसम्म सडक नछाड्ने नेता भट्टराईको घोषणा

काठमाडौं,पुस १४।नेकपा प्रचण्ड–माधव समूहका नेता तथा पुर्व पर्यटन मन्त्री योगेश भट्टराईले प्रतिगमन नसच्चिँदासम्म सडकमा आन्दोलन जारी रहने जनाएका छन।
संसद विघटनको विरोधमा उक्त समुहाले काठमाडौं आयोजना गरेको कार्यक्रममा बोल्दै नेता भट्टराईले भने – ‘जुन दिनसम्म प्रतिगमन सच्चिँदैन, संविधान सही ठाउँमा आउँदैन, प्रतिनिधिसभाको बैठक आह्वान गरिँदैन, हामी सडक छाड्दैनौं ।’
पुस ५ गते प्रधानमन्त्री केपी ओलीले संसद भंग गरेसंगै नेकपाको प्रचण्ड – माधव समुह सहित प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, जसपा सडकमा छन ।