ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

प्रचण्ड–माधव नेपाल पक्षबाट काठमाडाैंकाे भृकुटी मण्डपमा प्रदर्शन (फाेटाे फिचर)

काठमाडौं । नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले संसद विघटनविरुद्ध देशभर विरोध प्रदर्शन शुरु भएको छ ।

राजधानीका विभिन्न स्थानबाट भृकुटीमण्डपमा जम्मा भएको जुलुस प्रचण्ड- माधव नेपालको नेतृत्वमा सहिद गेट, पुतलीसडक, रत्नपार्क हुँदै पुनः भृकुटीमण्डपमा आएर विरोध सभामा परिणत हुनेछ।

उपत्यकाका विभिन्न स्थानबाट निस्कने जुलुसको नेतृत्व युवराज ज्ञवाली, बेदुराम भुसाल, पम्फा भुसाल, लीलामणि पोखरेल, हरिबोल गजुरेल, जनार्दन शर्मा, अष्टलक्ष्मी शाक्य, मुकुन्द न्यौपाने, योगेश भट्टराई, अमृत बोहोरा, गिरिराजमणि पोखरेल र गणेश शाहले गरेका छन् ।

जुलुसहरु भृकुटीमण्डपमा जम्मा हुनेछ । भृकुटीमण्डपमा शीर्ष नेताहरु अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठले सम्बोधन गर्ने तालिका रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *