हेलिकोप्टरबाट पानि खन्याएर पाथीभरा मन्दिर जोगाइयो
10 - 10Shares
फुङ्लिङ, पुस १४
पूर्वैकै धार्मिक स्थल पाथीभरा आसपासमा लागेको डढेलोका कारण पाथीभरा मन्दिर जोगाउनै धौ-धौं भएको थियो । केही दिन देखि लागेको डढेलो मन्दिर परिसरमा पुगेपछि सोमबार हेलिकप्टरबाट पानि खन्याएर मन्दिर परिसरको आगो नियन्त्रणमा लिइएको हो ।
गत बिहिबार बाट सुरु भएको आगलागिक कारण पाथिभरा क्षेत्रको जंगलमा ठूलो क्ष्यति भएको छ । हेलिकप्टरले जोरपोखरीबाट पानी लगेर मन्दिर परिसरको आगो निभाएको हो । हेलिकोप्टरबाट पाँच पटक पानि खन्याइएकोमा मंगलबार आगो निभाउन हेलिकोप्टर प्रयोग गरिने ताप्लेजुङ जील्लाका प्रमुख जील्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईले जानकारी दिए ।
पानीको अभाव भएको र भौगोलीक विकटताका कारण डढेलो नियन्त्रणमा समस्या भएको जनाइएको छ । आगो नियन्त्रणका लागि नेपाली सेना, शसत्रप्रहरी, नेपाल प्रहरी तथा स्थानीय बासिन्दाको लागि परेका छन् ।