ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

undermenu_ad

नेकपा प्रचण्ड-माधव समुहले देशभर शक्ति प्रदर्शन गर्दै

सेयर गर्नुहोस
  • 7
  •  
  •  
  •  
    7
    Shares

काठमाडौं, पुस १४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव नेपाल समूहले संसद विघटनको विरोधमा देशभर शक्ति प्रदर्शन गर्ने भएको छ ।

उक्त समुहले काठमाडौंको प्रदर्शनमा ५० हजार कार्यकर्ता उतार्ने दावि गरेको । टेकु, कुपन्डोल, नयाँबानेश्वर, लैनचौर नक्शाल रत्नपार्क र त्रिचन्द्र कलेजबाट एकसाथ जुलुस गर्ने छ ।

प्रधानमन्त्रीको कदम गैर संवैधानिक भएको निस्कर्स निकालेको उक्त समुहले शुक्रबार राजधानीमा प्रदर्शन गरेको थियो भने सोमबार प्रतिपक्षी नेपाली कांग्रेसले १ सय ६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्सन गरेको थियो ।

नेकपाले काठमाडौंको भृकुटीमण्डमा मध्याह्न १२ बजे सभा गर्ने जनाएको छ । सभालाई पार्टी अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्का अध्यक्ष माधवकुमार नेपाललगायत शीर्ष नेताले सम्बोधन गर्ने बताइएको छ । टेकु, नयाँ बानेश्वर, मैतीदेवी, नक्साल, लैनचौर, कुलेश्वर, रत्नपार्क, बागबजार, कुपण्डोललगायत स्थानबाट जुलूस निकाल्ने तयारी गरिएको नेकपा केन्द्रीय सङ्घर्ष समितले जनाएको छ ।

स्थायी कमिटी सदस्य युवराज ज्ञवाली वेदुराम भुसाल, पम्फा भुसाल, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, जनार्दन शर्मा, अष्टलक्ष्मी शाक्य, मुकुन्द न्यौपाने, योगेशकुमार भट्टराई र अमृतकुमार बोहराले जुलूसको नेतृत्व गर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *