ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

उखु किसान र सरकारबीच चार बुँदे सहमति, आन्दोलन स्थगित

सरकार र उखु किसान संघर्ष समितिबीच ४ बुँदे सम्झौतासँगै उखु किसानको आन्दोलन स्थगित भएको छ ।
सेयर गर्नुहोस
  • 8
  •  
  •  
  •  
    8
    Shares

काठमाडौं । सरकार र उखु किसान संघर्ष समितिबीच ४ बुँदे सम्झौतासँगै उखु किसानको आन्दोलन स्थगित भएको छ ।

सम्झौता अनुसार २१ दिनभित्र उखु किसानको वक्यौता रकम सम्बन्धित चिनी मिलबाट भुक्तानी दिलाउने र म्यादभित्र रकम भुक्तानी नगर्ने उद्योगीलाई सरकारले कारवाही गर्नेछ ।

किसान र चिनी उद्योगसँग सम्बन्धित अन्य समस्याबारे अध्ययन गरि १२० दिनभित्र सुझाव पेश गर्न सबैको प्रतिनिधित्व रहेको संयुक्त प्राविधिक समिति समेत गठन भएको छ ।

सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रतिनिधि र उखु किसानबीच यस्तो सम्झौता भएको हो। चिनी उद्योगीले २१ दिनभित्र सबै बक्यौता तिर्ने शर्तमा किसानले आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन्। यस्तै, उखु किसान र चिनी उद्योगसँग सम्बन्धित एक अध्ययन समिति बनाई १ सय २० भित्र प्रतिवेदन पेस गर्ने सहमति पनि बनेको छ । उखु किसान र चिनी उद्योगीबीच सरकारको रोहबरमा गत वर्ष पुस १८ गते ५ बुँदे सम्झौता भएको थियो। उक्त सम्झौता कार्यान्वयन नभएपछि किसानले यसवर्ष पनि आन्दोलन शुरु गरेका थिए ।

किसानहरु उखुको बक्यौता भुक्तानीको माग गर्दै १६ दिनदेखि काठमाण्डौको माइतीघर मण्डलामा आन्दोलन थालेका थिए । आन्दोलनरत किसानले चिनी उद्योगले नब्बे करोड रुपैया किसानलाई दिन बाँकी रहेको बताएका छन । सरकारले भने उद्योगहरुले ६५ करोड भुक्तानी दिइसकेको दावी गरेको छ । किसानले आन्दोलन थालेपछि केही उद्योगले भने भुक्तानी दिन सुरु गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *