देशभर ६ सय ५९ जनामा संक्रमण पुष्टि ,७ संक्रमितको मृत्यु
काठमाडौं पुस १३,

पछिल्लो चौबीस घण्टामा देशभरको विभिन्न प्रयोगशालाबाट गरीएको ५ हजार ५ सय ७८ वटा नमुना परीक्षण हुँदा काठमाडौं उपत्यकामा २ सय ७८ सहित देशभर ६ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
हालसम्म कोरोना संक्रमण पुष्टि हुने संख्या २ लाख ५८ हजार ८ सय ४० जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोरोनाका कारण थप ७ जनाले ज्यान गुमाएका छन् । हालसम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या १ हजार ८ सय ३२ जना रहेका छन् ।
हालसम्म कोरोनाका कारण ज्यान गुमाउने प्रतिशत शुन्य दशमलव सात शुन्य रहेको छ ।
गत चौबीस घण्टामा देशभरबाट ७ सय १८ जना कोरोना मुत भएका छन् । हालसम्म कोरोना मुक्तहुने संख्या २ लाख ५० हजार ५ सय ८१ रहेको छ ।
हालसम्म कोरोना मुक्त हुने प्रतिशत ९६ दशमलव ८ रहेको छ ।
देशभर क्वारेन्टिनमा ३ सय ६९ जना र संक्रिय संक्रमितको सख्या ६ हजार ४ सय २७ जना रहेका छन् ।
देशभर आसियुमा उपचारत २ सय ७४ जना र भेन्टिलेटरमा ४० जना रहेको मन्त्रालयले जनाएको छ ।