ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

प्रचण्डसँगकाे भेटवार्तामा चिनियाँ कम्युनिष्ट पार्टीका प्रतिनिधि मण्डलले नेकपा विभाजित हुन नहुने धारणा व्यक्त

काठमाडाैं । सोमबार सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका चिनियाँ कम्युनिष्ट पार्टीका प्रतिनिधि मण्डलले नेकपा विभाजित हुन नहुने धारणा राखेका छन् ।

प्राप्त जानकारी अनुसार नेपाल भ्रमणमा रहेका चिनियाँ अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ यचौको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले प्रचण्डसँगकाे आजको भेटवार्ताका क्रममा पार्टी विभाजनको कारणबारे चासो समेत राखेकाे थियाे ।

भेटवार्तामा चीन नेकपा एकता तथा नेपालमा राजनीतिक स्थायित्वकाे पक्षमा रहेकाे उनीहरूले बताएका थिए ।

चिनियाँ अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ यचौको नेतृत्वकाे उक्त टाेली आइतबार दिउँसो नेपाल आइपुगेको थियो । टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरिसकेको छ भने आज साे टाेलीले खुमलटार पुगेर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकाे थियाे । आजै माधव कुमार नेपालसँग पनि उनीहरूले भेटेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *