ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

undermenu_ad

इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुल वेष्ट ब्रोमसँग बराबरीमा रोकियो

सेयर गर्नुहोस
  • 5
  •  
  •  
  •  
    5
    Shares

एजेन्सी । साविक विजेता लिभरपुल इङ्ग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएकाे खेलमा वेष्ट ब्रोमसँग बराबरीमा रोकिएको छ ।

घरेलु मैदानमा भएको खेलमा शीर्ष स्थानको लिभरपुल रेलिगेसन क्षेत्रमा रहेको वेष्ट ब्रोमसँग एकरएक गोलको बराबरीमा रोकिएको हो । लिभरपुलका साडियो मानेले खेलको १२ औं मिनेटमा नै गोल गर्न सफल भए । खेलको सुरुवातमा नै अग्रता बनाएको लिभरपुलले त्यसपछि गोल थप्न सकेन ।

खेलको ८२ औं मिनेटमा वेष्ट ब्रोमका सेमी अजयीले गोल गरेपछि ब्रोमले खेल बराबरी गर्न सफल भयो । त्यसपछि दुवै टिमबाट थप गोल हुन सकेन । यो बराबरीपछि लिभरपुलले दोस्रो स्थानको एभर्टनसँगको दूरी पाँच अंकमा पुर्याउने मौका गुमायो ।

बराबरीपछि लिभरपुलको ३२ अंक भएको छ । वेष्ट ब्रोमको आठ अंक छ । यस्तै गएराति नै भएको अर्को खेलमा बर्नलीलाई लिड्स युनाइटेड हराएको छ । घरेलु मैदानमा लिड्सले बर्नलीलाई १/० ले हराएको हो । खेलको सुरुवातमै प्राप्त पेनाल्टीमा गोल गर्दै लिड्सले तीन अंक बटुल्यो । यस सिजन लिड्सले घरेलु मैदानमा तीन खेलमा जित निकालेको छ ।

जितसहित लिड्स २० अंकसहित तालिकाको ११ औं स्थानमा उक्लिएको छ । बर्नली १३ अंकसहित रेलिगेशन जोनभन्दा मात्र दुई स्थानमाथि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *