कोभिड खोप आयातका लागि ४८ अर्ब बजेट सुनिश्चितता
4 - 4Shares

आइतबार स्वास्थ मन्त्रालयको पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य सेवा विभाग अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डाक्टर झलक गौतमले विभिन्न देशहरुमा विकसित र प्रभावकारी भएका कोरोना विरुद्धको खोप आयातका लागि ४८ अर्ब रुपैयाँ आर्थिक सुनिश्चितताका लागि सरकार तयारी रहेको जानकारी दिनुभयो ।
गत पछिल्लो चौबीस घण्टामा थप ४ सय ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको ३ हजार ८ सय २८वटा नमुना परीक्षण गरीएको थियो ।
देशभर संक्रमित पुष्टि भएका मध्ये काठमाडौं उपत्यकामा २ सय ८ जना रहेका छन् । हालसम्म संक्रमण पुष्टि हुने संख्या २ लाख ५८ हजार १ सय ८१ जना रहेको स्वास्थ मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले बताए।
देशभर कोरोनाका कारण ६ जनाले ज्यान गुमाएका छन् । हालसम्म कोरोनाका कारण मृत्युु हुने संख्या १ हजार ८ सय २५ जना रहेका छन्।कोरोनाका कारण ज्यान गुमाउने प्रतिशत शुन्य दशमलव सात एक रहेको छ।
भने,गत चौबीस घण्टामा देशभर ७ सय ३१ जना कोरोना मुक्त भएका छन्। हालसम्म कोरोनामुक्त हुने संख्या २ लाख ४९ हजार ८ सय ६३ पुगेको छ । हालसम्म कोरोना संक्रमित मध्ये कोरोनामुक्त हुने प्रतिशत ९६ दशमलव ८ रहेको समेत प्रवक्ता गौतमले जानकारी दिनुभयो ।
देशभर क्वारेन्टिनमा ३ सय ६९ जना रहेका छन भने संक्रीय संक्रमित संख्या ६ हजार ४ सय ९३ जना रहेका छन्। देशभर आसियुमा उपचारत २ सय ३५ जना र भेन्टिलेटरमा ५३ जना रहेको प्रवक्ता गौतमले जानकारी दिए।