ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सरकारले सुचिकृत गरेका सम्पुर्ण निजि अस्पतालहरुलाइ कोरोना विशेष अस्पतालको सुचिबाट हटाइयो ,

काठमाडौं पुस १२,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै निजी अस्पतालहरुलाई कोरोना विशेष अस्पतालको सूचीबाट हटाएको जानकारी गराएको छ ।

आइतबार पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले कोरोना विशेष अस्पतालको सूचीबाट सबै निजी अस्पताललाई हटाउने निर्णय गरेको जानकारी दिनुभयो ।

तर, मेडिकल कलेजहरु भने कोरोना विशेष अस्पतालको सूचीमा कायमै रहने जानकारी गराए ।


आइतबारबाट लागु हुनेगरी सबै निजी अस्पतालहरुलाई कोरोना विशेष अस्पतालको रुपमा नरहेको डा गौतमले जानकारी दिनुभयो ।

साथै कोरोना संक्रमित बिरामीहरु निजी अस्पतालमा भर्ना भई उपचारत बिरामीहरुको हकमा भने १० दिनसम्मको उपचार बापतको रकम स्वास्थ्य मन्त्रालयले दिने प्रा डा गौतमले बताए।

तर, आवश्यक परेको खण्डमा जुनसुकै बेला कुनै पनि अस्पताललाई कोरोना विशेष अस्पतालको रुपमा सूचीकृत गर्न सकिने भएकाले कोरोनाका बिरामीको उपचारको लागि निजी अस्पतालहरु तयारी अवस्थामा रहनुपर्ने प्रा डा गौतमले बताए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले यसअघि बिरामीहरुको स्वाब संकलन गरी निजी प्रयोगशालाहरुमा पठाउने गरेको थियो ।

तर, आइतबार देखि निजी प्रयोगशालामा स्वाब नपठाउने निर्णय गरेको प्रवक्ता प्रा डा गौतमले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *