स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले गरे पदभार ग्रहण
काठमाडौं पुस १२,

नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मत्री हृदयेश त्रिपाठीले आइतबार पदभार ग्रहण गरेका छन् ।
शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार तथा जिम्मेवारी हेरफेर गरेका थिए ।
त्यस क्रममा यसअघिका स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई पर्यटनमन्त्रीको जिम्मेवारी दिइएको थियो ।
भने, हृदयेश त्रिपाठी लाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको थियो । त्रिपाठीले आइतबार दिउँसो २ बजे मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन्। यसअघि उहाँले सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका थिए ।
स्वास्थ्य मन्त्रीका रुपमा आज मन्त्रालयमा पदबहाली गर्दै त्रिपाठीले आफ्नो कार्यकालमा स्वास्थ्यका सबै क्षेत्रमा गरीने खरिदहरु पारदर्शी हुने बताए।उनले आर्थिक पारदर्शिता कायम गर्ने समेत जानकारी गराए।
आफ्नो कार्यकाल भित्र कुनै पनि खरिद अपारदर्शी ढंगले नहुने बताए ।
उनले स्वास्थ्यको बेरुजु घटाउने काममा पनि आफू लाग्ने बताएका छन्।
कोरोना भाइरसको संक्रमणका कारण आगामि दिनमा चुनौती थप बढ्ने भन्दै उनले नागरिकलाई निःशुल्क रुपमा भ्याक्सिन उपलब्ध गराउन सरकार लागिरहेको जानकारी दिए।
कोभिडको उपचारका क्रममा निजी अस्पतालले गरिरहेको कामप्रति असन्तुष्टि जनाउँदै उनले नाफाभन्दा मानवियता हेर्न आग्रह गरे।
स्वास्थ्यमन्त्री त्रिपाठीले सबै नागरिकलाई निशुल्क कोभिड भ्याक्सिन लगाइने समेत बताएका छन्।
मन्त्री त्रिपाठीले मन्त्रालयको पदभार ग्रहण गर्दै सबैभन्दा पहिलो २ सय ६२ वटा आधारभूत अस्पताल निर्माण गर्ने निर्णय गरेका छन् ।
मन्त्रालयले आगामी वर्ष विभिन्न स्थानीय तहमा पाँच ,दस र प्रन्ध शैय्याका अस्पताल निर्माण गरिने बताए।