ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपालमा कोरोनाका कारण थप ३ जनाले ज्यान गुमाए

सेयर गर्नुहोस
  • 7
  •  
  •  
  •  
    7
    Shares

काठमाडौं पुस ११,

पछिल्लो चौबीस घण्टामा थप ३ जना संक्रमितले ज्यान गुमाएका छन् । यो सँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ८ सय १९ जना पुगेको छ । हालसम्म कोरोनाका कारण मृत्यु हुने प्रतिशत शुन्य दशमलव सात एक रहेको मन्त्रालयले जनाएको छ ।

देशभरमा ५ हजार ४ सय ३४ वटा नमूना परीक्षण गरीएकोमा काठमाडौं उपत्यकामा २ सय ६७ जना सहित देशभर ५ सय जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार ७ सय पुगेको छ ।

थप ८ सय ४० जना संक्रमित कोरोना मुक्त भएका छन् । यो सँगै कोरोनामुक्त हुनेको संख्या २ लाख ४९ हजार १ सय ३२ पुगेको छ । अहिले सम्म कोरोना संक्रमित मध्ये ९६ दशमलव ७ प्रतिशत कोरोना मुक्त भएका छन् । अहिले देशभर क्वारेन्टिनमा ३ सय ६९ र देशभर ६ हजार ७ सय ४९ संक्रिय संक्रमित रहेका छन् ।आसियुमा उपचारत २ सय २८ जना र भेन्टिलेटरमा ५० जना रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *