मन्त्रीपरिषद विस्तार, केही वेरमै सफथ

काठमाडौं पुस १०,
प्रधानमन्त्री केपी ओलीले रिक्त रहेको मन्त्रिपरिषद विस्तार गरेका छन् । संसद विघटन पछि अशनतुष्ट ७ मन्त्रीले राजीनामा दिएपछि रिक्त रहेको स्थानमा नयाँ मन्त्री नियुक्त गरेका हुन् ।
शुक्रबार ६ बजेलाई तय गरिएको मन्त्रिपरिषद बैठक नयाँ मन्त्रको सफत ग्रहण पछि बस्ने भएको छ । नव नियुक्त मन्त्रीहरुले अहिले साझँ ७ बजे राष्ट्रपति विद्या भण्डारीसंग पद तथा गोपनियताको सफत लिदैछन् ।
सरकारले प्रतिनिधिसभा विघटन गरी मध्यावधी निर्वाचनमा जान गरेको निर्णयविरुद्ध सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै असन्तुष्ट पक्षका सात मन्त्रीले राजीनामा दिएपछि रिक्त रहेका पद पूर्तिका लागि मन्त्रिपरिषद विस्तार गरेका हुन् ।
नयाँ मन्त्रीहरुमा टोपबहादुर रायमाझी, प्रभु साह, दावा तामाङ, मणि थापा, गौरीशंकर चौधरीलगायत छन् । प्रधानमन्त्रीले त्यही कारण आजको मन्त्रिपरिषद बैठक ६ बजेबाट साँझ ८ बजेलाई सारेका छन्।
प्रतिनिधिसभा विघटनको निर्णयमाथि असहमति जनाउँदै नेकपाका अर्का अध्यक्ष पुश्पकमल दाहाल प्रचण्डको नेतृत्वमा वरिष्ठ नेता माधवकुमार नेपालसहित रहेको असन्तुष्ट पक्षका सात मन्त्रीले राजीनामा गरेका थिए। सामूहिक राजीनामा दिनेमा कृषि मन्त्री घनश्याम भुषाल, पर्यटन मन्त्री योगेश भट्टराई, उर्जा मन्त्री वर्षमान पुन, शिक्षा मन्त्री गिरिराजमणी पोखरेल, बन मन्त्री शक्ति बस्नेत, श्रम मन्त्री रामेश्वर राय यादव र खानेपानी मन्त्री विना मगर छन्।