ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

३ सय १५ जनाको हस्ताक्षर बुझाउदै माधव- प्रचण्डले मागे चुनाव चिन्ह सुर्य र नाम नेकपा

काठमाडौं पुस १०,
प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेसंगै नाम र चुनाव चिन्हको विषयमा आ आफ्नो दाबी सुरु भएको छ ।

औंपचारीक रुपमा पार्टि फुटेको घोषणा नभएपनि दुई समानान्तर केन्द्रिय समिति गठन भइसकेका छन् । माधव- प्रचण्ड पक्षको नाम र चुनाव चिन्हको दाबी गर्दै निर्वाचन आयोगमा हस्ताक्षर बुझाएको छ ।

उक्त समुहले आज निर्वाचन आयोग पुगेर ३ सय १५ केन्द्रीय सदस्यको हस्ताक्षर बुझाएको हो । ओलि समुहले पनि आफ्नो दाबि छोडेको छैन

दुवै समुहले दाबी गरिरहेका समयमा निर्वाचन आयोगले जति सक्दो छिटो विवाद निरुपण गर्ने जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रचलित कानुन र अदालतको नजिरका आधारमा निर्णय गर्ने जनाएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *