बेलायतमा देखिएको नयाँ स्वरुपको कोरोना भाइरस पहिलेको भन्दा संक्रामक

काठमाडौं पुस ९,
विश्वलाई नै एकवर्षदेखि आक्रान्त तुल्याएको कोरोना भाइरसको नयाँ प्रकार बेलायतमा देखिएपछि यसको नियन्त्रण सर्वत्र चासोको विषय बनेको छ ।
कोभिड १९ भन्दा तीब्र संक्रामक कोरोनाको नयाँ प्रकारलाई विकासका क्रममा रहेका एकदर्जनभन्दा बढी खोपले पनि नियन्त्रण गर्न नसक्ने हो कि भन्ने चिन्ता बढ्न थालेको छ।
अहिले बेलायतमा देखिएको नयाँ कोरोना भाइरससम्बन्धमा विश्वभर चिन्ता र चासो बढेको छ ।कोरोना भाइरसले स्वरुप बदलेसँगै संक्रमण तीव्र रुपमा फैलिएपछि बेलायत, वेल्स, इंग्ल्यान्डलगायत देशमा कडा लकडाउन भइसकेको छ ।
अनुसन्धानकर्ताका अनुशार नयाँ प्रकारको भाइरस तीब्र संक्रामक छ । नयाँ भाइरस नियन्त्रणका लागि धेरै देशले सहित नेपालले समेत बेलायतमाथि हवाई प्रतिबन्ध लगाइसकेको छ ।
बेलायतमा सेप्टेम्बरबाट अहिलेसम्मका संक्रमितमध्ये दुईतिहाइमा नयाँ प्रकारको भाइरस भएको अनुसन्धानले देखाएको छ । तीब्र संक्रामक कोरोनाको नयाँ प्रकारको भाइरस बेलायत मात्र नभइ विश्वमा नै चिन्ताको विषय बनेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेर बहादुर पुनले बताए।
जुन सुकै भाइरसमा नयाँ प्रकृतिको अर्थात म्युटेसन हुने भए पनि कोरोनाको उपचार पद्धति र खोपहरु समेत अहिले सम्म प्रभावकारी नभएकोले कोरोना भाइरसले मानिसमा पार्ने असर र यसविरुद्धको खोप अध्ययनकै बिषय रहेकोले सचेतना एवम् सतर्कता बढाउनुपर्ने विशेषज्ञहरुको भनाई छ ।
त्यसैले आगामी दिनहरुमा सम्बन्धित निकायहरुले बेलायतमा देखिएको नयाँ भनिएको जुन भाइरस छ त्यो नेपालमा छ कि छैन ,भित्रिनसक्ने सम्भावना कति छ ।त्यसको जोखिम हामिले हेर्नुपर्ने हुन्छ । त्यो अनुशारका रणनीतिहरु तयार गर्नु पर्ने सरुवा रोग विशेषज्ञ डा पुन बताउछन् ।
बेलायत र अन्य धेरै मुलुकको सम्बन्ध धेरै राम्रो भएकोले त्यहाँको संक्रमण नेपाल लगायत छिमेकी मुलुकहरुमा चाडै प्रभाव पार्ने भएकाले त्यो कुरनमा स्वास्थ मन्त्रालय सचेत रहेको मन्त्रालयका सह प्रवक्ता डा समीर अधिकारीले बताए।
यो मान्छे बाट मान्छेमा सर्ने भएकाले नाकमहरुमा कडाइ गर्नुका साथै अन्तर्राष्ट्रिय विमानस्थलहुँदै नेपाल भित्रिने सर्वसाधारणशरुलाई सुसूचित गराउने ,नाकाहरु ब्यवस्थित गर्ने ,निगरानीहरु बढाउने कामहरुमा मन्त्रालय लागि परेको बताए। भाइरसले स्वरुप परीवर्तन गरिरहे पनि यसको रोकथाम तथा नियन्त्रणमा नचुक्ने मन्त्रालयको भनाइ छ।
नेपालमा कोरोना संक्रमण देखिनथालेको एघार महिना बितिसकेको छ । सरकारि तंथ्याक अनुशार नेपालमा अहिले संक्रमणदर केही कमी आएको छ भने जीवनशैली सामान्यउन्मुख बन्दै गइरहेको छ ।
अझ विकसित राजनीतिक घटनाक्रमसँगै समर्थन र विरोधमा भैरहेका प्रदर्शनले भिडभाड बढे सँगै जोखिम उच्च भइ भयावह अवस्था आउन सक्ने भन्दै विज्ञहरुले चिन्ता ब्यक्त गरेका छन्।
बेलायतमा देखापरेको नयाँ कोरोना भाइरसको संक्रमण भारतसम्म आइपुगेकाले त्यसलाई नेपाल भित्रिन नदिन दुइदेशबिच आवागमनमा कडाइका साथै नियन्त्रणका रणनीति तत्काल अपनाउनुपर्छ