ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

गुटबाट कारवाही अर्को गुटमा उपहार

काठमाडौं पुस ९,
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड- माधव समुहले ओलीलाई अध्यक्षबाट हटाउसंगै ओली पक्षले समेत प्रचण्डबाट कार्यकारी अधिकार खोसेको छ । बालुवाटारमा बसेको विहीबारको बैठकले प्रचण्डको कार्यकारी अधिकार खोस्ने निर्णय गरेपनि अध्यक्षबाट भने हटाइएको छैन ।
यस अघि नारायणकाजी श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारीबाट हटाउने निर्णय गर्दै प्रदिप ज्ञवालीलाई प्रवक्ता बनाएको थियो । तर श्रेष्ठले आफु आधिकारीक प्रव्कता भएको भन्दै कुनै गुठ वा व्यक्तिले कारवाही गर्न नसक्ने जिकिर गरेका थिए ।
बिहीबारकै बैठकले प्रचण्ड र माधव समूहमा लागेका प्रदेश इन्चार्जहरु हटाएको छ । प्रदेश १ को इन्चार्जबाट भीम आचार्यलाई हटाएर सुवास नेम्वाङलाई जिम्मेवारी दिइएको छ ।
बागमती प्रदेश इन्चार्जबाट अष्टलक्ष्मी शाक्यलाई हटाएर ईश्वर पोखरेल, कर्णाली प्रदेश इन्चार्जबाट जनार्दन शर्मालाई हटाएर मणि थापा र कर्णाली प्रदेशबाट भीम रावललाई हटाएर लेखराज भट्टलाई जिम्मेवारी दिइएको छ ।
प्रचण्ड छोडेर ओलीतिर लागेका टोपबहादुर रायमाझीलाई जनसंगठन इन्चार्जको जिम्मेवारी दिने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *