ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपालमा कोरोनाका कारण थप ५ जनाले ज्यान गुमाए

काठमाडौं पुस ९,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुशार गत चौबीस घण्टामा कोरोनाका कारण थप ५ जनाले ज्यान गुमाएका छन् । हालसम्म १ हजार ८ सय ८ जनाको कोरोनाको कारण मृत्यु भइसकेको छ । ‍ हालसम्म कोरोनाका कारण मृत्यु हुने प्रतिशत शुन्य दशमलव सात शुन्य रहेको छ ।

देशभरका विभिन्न प्रयोगशालामा गरीएको ५ हजार ५ सय १० वटा नमुना परीक्षण गरीएकोमा काठमाडौं उपत्यकामा मात्र २ सय ४४ जना सहित देशभर ६ सय १३ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म देशभर कोरोना संक्रमित सख्या २ लाख ५६ हजार ५ सय ९२ जना रहेका छन् ।

गत चौबीस घण्टामा देशभरबाट कोरोना मुक्त हुने संख्या ७ सय ३९ जना रहेका छन । हालसम्म कोरोना मुक्त हुने संख्या २ लाख ४७ हजार ४ सय रहेको छ । अहिलेसम्म कोरोना निको हुने प्रतिशत ९६ दशमलव ४ रहेको छ ।

हाल देशभर क्वारेन्टिनमा ४ सय जना रहेका छन् भने संक्रमिय संक्रमित ७ हजार ३ सय ८४ जना छन् । देशभर आसियुमा उपचारत २ सय ६१ जना र भेन्टिलेटरमा ४९ जना रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *