आन्तरिक किचलोका कारण पुस १६ गते गर्ने भनेको काङ्ग्रेसको विरोध कार्यक्रम अन्योलमा

नेपाली काङ्ग्रेस भित्रको आन्तरिक किचलोका कारण पुर्व निर्धारित कार्यक्रम अनुसार तय भएको प्रदर्शनको कार्यक्रम अन्योलमा परेको छ ।
प्रधानमन्त्रीको कदम गैर संवैधानिक भएका कारण तत्काल आन्दोलनमा जानु पर्ने पौडेल पक्षको अडान छ भने सभापति देउवा पक्ष भने सर्वोच्चको फैसला कुर्ने पक्षमा छ ।
बुधबार केन्द्रिय समितिको बैठकको निर्णय सुनाउदै प्रवक्ता विश्वप्रकास शर्माले बिपिले लिएको मेलमिलापको अवसर पारेर पुस १६ गते देश व्यापी प्रदर्सन गर्ने निर्णय भएको जनएका थिए ।
तर केन्द्रीय समिती भित्र नै विवाद बडेपछि उक्त कार्यक्रम अन्योलमा परेको छ । आजको केन्द्रीय समितिको बैठकलेआन्दोलनको मिति तय गर्ने भएको छ ।