खेतबारी नै मासेर अलैंची खेती गरेका किसानलाई मूल्य नपाउदा सास्ती

पुर्वी पहाडी जिल्लाहरु ताप्लेजुङ ,पाँचथर,तेह्रथुम,धनकुटा तथा संखुवासभाका किशानको मुख्या आम्दानीको श्रोत मानिने अलैंचीको मुल्य नबड्दा किसानहरु मारमा परेका छन ।
केहि वर्षपहिला प्रतिमन एक लाख मूल्य पाएका किसानलाई पछिल्ला वर्षमा भने अलैंची बेच्न नै धौ – धौ हुन थालेको तेह्रथुम आठराईका अलैंची किसान चन्द्र खनाल बताउछन् ।
उक्त जिल्लामा अलैंचीको मुल्य प्रतिमन एक लाखसम्म पाएपछि किसान उत्साहित हुँदै खेती योग्य जमिनमा समेत अलैंची लगाएका थिए तर पछिला बर्षमा मूल्यकम पाउने मात्र नभई बिक्री हुनै गाह्रो हुन थालेपछि किसानलाई निल्नु न उकल्नु हुन थालेको छ ।
भाउ घटे पनि फेरि बढ्ला कि भन्ने आसले अलैँची खेतीलाई भने यहाँका किसानले निरन्तरता दिइरहेकाछन् तर अलैँचीको बजारीकरण र मूल्यमा तत्काल कुनै सुधार हुने सङ्केत देखिँदैन।
भारत बाहेकका तेस्रो मुलुकमा सिधै निर्यात हुने वातावरण नबन्दासम्म मूल्यमा सुधार हुने सङ्केत नदेखिएको अलैँची व्यवसायीले बताएका छन्