ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

undermenu_ad

युरोप बाट नेपाल आउनेलाई अनिवार्य १० दिन क्वारेन्टाईन

सेयर गर्नुहोस
  • 16
  •  
  •  
  •  
    16
    Shares

सरकारले बेलायतबाट पुष १ देखि ७ गतेभित्र नेपाल आएका नागरिकलाइ अनिवार्य क्वारेन्टिनमा बस्न आग्रह गरेको छ ।

स्वास्थ्य मन्त्रालयको प्रेस ब्रिफ्रिङमा प्रवक्ता डा जागेश्वर गौतमले संयुक्त अधिराज्यमा कोरोना भाइरसको नयाँ स्वरुप देखिएको सन्दर्भमा सो भाइरसको रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले प्रमुख प्राथामिकताका साथ कार्य गर्दै आएकोले पुष १ देखि ७ गते भित्र बेलायत लगायत अन्य मुलुकबाट वा त्यो बाटो हुदै नेपाल प्रवेश गरेका सम्पुर्ण नागरीकले १० दिन अनिर्वाय होटल क्वारेन्टाइनमा बस्नुपर्ने र नेपाल प्रवेश गरेको मितिले ७ देखि १० भित्र नजीकको सरकारी प्रयोगशालामा गइ पिसिआर परीक्षण गर्न आग्रह गरेको छ । साथै सबै सरकारी प्रयोगशालाहरुले यसरी आउने नागरीकहरुको निशुल्क परीक्षणको ब्यवस्था मिलाउन समेत मन्त्रालयले सुचीत गरेको छ ।

बेलायत लगायत विभिन्न युरोपियन मुलुकमा कोरोनाको नयाँ भाइरस देखिएपछि बेलायतबाट नेपालका लागि हुने सबै उडानमा रोक लगाएको छ ।

यसैगरि पछिल्लो चौविस घण्टामा ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ६ हजार ५ सय ५९ वटा नमुना परीक्षणमा काठमाडौं उपत्यकामा ३ सय १८ जना सहित देशभर ७ सय ४३ जना संक्रमित थपिएका हुन । यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ५५ हजार ९ सय ७९ पुगेको छ । त्यसैगरि एकै दिन थप ५ जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुने संख्या १ हजार ८ सय ३ पुगेको छ ।

मन्त्रालयका अनसार हाल ७ हजार ५ सय १५ जना सक्रिय संक्रमित छन भने देशभर ४ सय ९ जना क्वारेन्टिनमा रहेका छन ।देशभर आसियुमा उचारत २ सय जना र भेन्टिलेटरमा ५० जना उपचारत रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *