संसद विघटनको कदम रोक्ने गरी अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

काठमाडौंं पुस ८,सर्वोच्च अदालतले संसद विघटनको कदम रोक्ने गरी अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
संसद विघटनविरुद्ध परेको १२ वटा रिटको बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले संवैधानिक इजलासबाट सुनुवाई गर्ने गरी पठाउन आदेश दिएका छन् ।
प्रधानन्यायाधीशको इजलासमा रहेका सबै रिटमा र यस अघि नै संवैधानिक इजलासमा परेको एक सहित १३ वटै रिटको शुक्रबार संवैधानिक इजलासमा सुनुवाई हुनेछ