ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सरकारी तंथ्याक घट्दो देखिए पनि, जोखिम कायमै उच्च सतर्कता अपनाउन विज्ञको सुझाव

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  

विश्वमा कोरोनाको खोप लगाउन सुरु भैसक्दा पनि भाइरसको संक्रमण र मृत्युदर भने बढिरहेको छ।

बेलायतमा नयाँ खालको भाइरस देखिएपछि झनै सन्त्रास थपिएको छ । तर नेपालमा खोप ल्याउने विषयमा सरकारबाट कुनै स्पष्ट तयारी पनि देखिँदैन भने नागरिक तहमा पनि सतर्कताको अभाव देखिन्छ ।

विश्वका कतिपय मुलुकहरुमा कोरोनाको चौथो लहर सुरु भएको छ । कतिपय देशमा खोप सुरु भएको त छ तर भाइरसका कारण संक्रमण र मृत्युदर भने उस्तै छ ।

बेलायतमा नयाँ प्रकारको कोरोना देखिएपछि संसारभर सतर्कता बढाइएको छ । नेपालमा कोरोना परीक्षणको दायरा र दर घटाइएको छ, खोप ल्याउने तयारी अस्पष्ट छ भने सार्वजनिक जीवनमा सतर्कताको अभाव छ ।

परीक्षण नै कम भएका कारण कोरोना घटेको जस्तो देखिएपनि नमूना परीक्षणमा पोजेटिभ देखिने दर र संक्रमितको मृत्युदरले भाइरस भयावह कायमै रहेको देखाउँछ । नेपालमा समुदायस्तरको रोग प्रतिरोधात्मक क्षमता पहिले नै नबनेकोले अझै सतर्क हुनुपर्ने चिकित्सकहरुको भनाइ छ ।

जोखिम कम भएको समयमा लकडाउन गरिएपनि महामारी भयावह रहँदा सबैतिर जनजीवन सामान्य बनेको छ ।

समुदायस्तरमा १३ दशमलव ९ प्रतिशत संक्रमित भेटिइरहेको अवस्थामा सार्वजनिक जीवनमा सतर्कता देखिँदैन । कोरोना महामारी सुरु भएको पनि ११ महिना वितिसकेका कारण मानिसहरु दिक्क भएका छन् ।

कोरोनाको जोखिम उच्च नै भएपनि बालबालिकाको पढाइ खर्च,घर ब्यवहार चलाउनको लागी भएइपनि मनमा डर कायमै भएपनि बाध्यत्मक अवस्थामा सामान्य जीवनशैली जस्तै बनाउन खोजीएको सर्वसाधारणहरु बताउछन ।

जोखिमकाबीच मानिसहरुले किन लापरवाही गरिरहेका होलान् त । विज्ञहरु अवस्थाको गम्भिरता बुझाउन सरकार चुकेका कारण यस्तो भएको बताउँछन् ।

केही समयको तंथ्याक हेर्दा नेपालमा कोरोनाको जोखिम घटेको भ्रम परिरहेको छ । तर विज्ञहरु त्यस्तो नरहेको बताउछन् ।

समुदायस्तरमा १३ दशमलव ९ प्रतिशत संक्रमित रहेको सरकारी आँकडा र दैनिक परीक्षणमा २० प्रतिशत पोजेटिभ देखिने तथ्याङ्कले हाम्रो अवस्था आफै स्पष्ट पार्छ । सबै तिरका प्रतिबन्ध हटेपनि जोखिम उच्च रहेका कारण आफै सतर्कता अपनाउनुको विकल्प छैन ।

  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *