ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपालमा गत चौबीस घण्टामा ७ सय २२ जना कोरोना संक्रमित थपिए

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  

देशभरको विभिन्न प्रयोगशालाबाट ७ हजार नमुना परीक्षण गरीएकोमा काठमाडौं उपत्यकामा मात्र ३ सय ६५ जना सहित देशभर ७ सय २२ जनामा संक्रमण पुष्टि भएको छ ।हालसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ५५ हजार २ सय ३६ पुगेको छ ।

कोरोनाका कारण थप ३ जनाले ज्यान गुमाएका छन् । हालसम्म कोराका कारण ज्यान गुमाउने १ हजार ७ सय ९८ जना रहेको छ । कोरोनाका कारण मृत्यु हुने प्रतिशत शुन्य दशमलव सात शुन्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गत चौबीस घण्टामा थप ९ सय ६६ जना कोरोना मुक्त भएका छन् । हालसम्म देशभर कोरोना मुक्त हुने संख्या २ लाख ४५ हजार ७ सय ९ पुगेको छ । अहिलेसम्म कोरोना मुक्त हुने प्रतिशत ९६ दशमलव ३ प्रतिशत रहेको मन्त्रालयको भनाई छ ।

देशभर क्वारेन्टिनमा ४ सय १३ जना रहेका छन् भने सक्रिय संक्रमित ७ हजार ७ सय २९ जना छन् । देशभर आसियुमा २ सय ६० जना र भेन्टिलेटरमा ४८ जना रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *