ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपाल आर्मी एएफसी क्लब लाईसेन्स पाउने नेपालको पहिलो क्लब बन्यो

विभागीय टिम नेपाल आर्मीले एसियाली फुटबल महासंघ एएफसी को क्लब लाईसेन्स प्राप्त गरेको छ ।

लाईसेन्स प्राप्तीका लागि आवश्यक मापदण्ड पुरा गरेसंगै विभागीय टिम आर्मीले मंगलबार एएफसीको क्लबको रुपमा मान्यता पाएको हो ।

अखिल नेपाल फुटबल संघ एन्फाले मंगलबार नेपाल आर्मीलाई सातदोबाटोस्थित एन्फाको कार्यलयमै बोलाएर एएफसी लाइसेन्स प्रदान गरेको हो । एन्फाले मापदण्ड पुरा गरेको आर्मीलाई एएफसीको क्लब लाईसेन्सिङका लागि प्रस्ताव गर्ने निर्णय गरेको थियो । सोही अनुसार आर्मीले मंगलबार लाइसेन्स प्राप्त गरेको एन्फा अध्यक्ष कर्माछिरङ शेर्पाले बताए ।

हामीले आर्मीलाई लाइसेन्स दिनका लागि निरन्तर प्रयत्न गरिरहेका थियौ एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले भने, ‘अब आर्मी नेपालको पहिलो क्लब बनेको छौं, जसले एएफसीको क्लब मान्यता पाएको छ ।’

यसअघि एन्फाले नेपालका १३ वटा ए डिभिजन क्लब मध्धे कुनैपनि क्लबलाई एएफसी क्लब लाइसेन्सको मान्यता दिलाउन सकेको थिए । नेपालमा उच्च स्तरका मानिएका मनाङ मस्र्याङदी क्लब, थ्री स्टार क्लब लगायतले पनि एन्फाको प्रयासमा एएफसीबाट लाइसेन्स पाउन सकेका थिएनन् ।

एएफसीको मान्यता पाउने नेपालकै पहिलो क्लब

एन्फाको प्रस्तावसंगै एएफसीले आर्मीलाई क्लब लाईसेन्स प्रदानगर्न स्वीकृती जनाएको थियो ।  एएफसीले क्लब लाइसेन्स दिएसंगै आर्मी एएफसीको मान्यता पाउने नेपालकै पहिलो क्लब बनेको छ । अब आर्मीले एएफसीले आयोजना गर्ने सम्पूर्ण प्रतियोगितामा प्रतिनिधित्व गर्न पाउने छ ।

गतबर्ष सम्पन्न सहित स्मारक ए डिभिजन लिगको उपविजेता आर्मीले यसअघि एएफसीको लाईसेन्सीङको प्रोसेसमा हदसम्म भएपनि प्रक्रिया पुरा गरेको थियो । नेपालका कुनै पनि क्लबले एएफसीले आयोजना गर्ने प्रतियोगिता खेल्न नपाउनेगरी प्रतिबन्ध लागेको अवस्थामा अब आर्मीलाई भने एएफसीको प्रतियोगिता खेल्ने बाटो खुलेको छ ।

‘अब आर्मीले एएफसीले आयोजना गर्ने सबै प्रतियोगितामा नेपालको क्लबको रुपमा प्रतिनिधित्व गर्न सक्नेछ’, एन्फा अध्यक्ष शेर्पाले भने, ‘आर्मीसंगै अन्य क्लबहरुको प्रक्रिया पनि एन्फाले सुरुगरेको छ । तर, त्यसका लागि अर्को बर्षको सुरुवातमा मात्र प्रोसेस हुनेछ ।’

शेर्पाका अनुसार अन्य दुई बिभागिय टोली नेपाल पुलिस र शसस्त्र प्रहरीको एपीएफको पनि एएफसीसमक्ष लाइसेन्सिङको प्रक्रिया सुरु भएको छ ।

यसअघि एन्फाले सन् २०२१ का लागि कुनैपनि क्लबलाई एएफसीको लाईसेन्सका लागि प्रस्ताव नगर्ने बताएको थियो ।

एएफसीको क्लब लाईसेन्सिङ हेर्ने निकायले मापदण्ड नपुगेको भन्दै ए डिभिजनका १३ क्लबलाई आयोग्य बताएको थियो, तर आर्मीले मापदण्ड पुरा गर्न चालेको कदमको प्रशंसा गरेको थियो । त्रिभुवन आर्मी क्लबबाट घरेलु खेलकुदमा चिनिएको विभागीय टिमलाई बेग्लै क्लब दर्ता गर्न एएफसीले सुझाब दिएको थियो । सोही अनुसार आर्मीले राष्ट्रिय खेलकुद परिषदमा फुटबल खेल्ने उद्धेश्य सहित छुट्टै त्रिभुवन आर्मी फुटबल क्लब दर्ता गरेपछि एएफसीले स्वीकृती दिएको बुझिएको छ । मापदण्ड पुरा भएसंगै आर्मीलाई एन्फाको अपिल कमिटिले क्लब लाईसेन्स दिने निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *