ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सागका स्वर्ण पदक विजेता सहित ७ खेलाडी बर्ष प्रतिभा पुरस्कारबाट सम्मानित

१३औं दक्षिण एसियाली खेलकुद सागका स्वर्ण पदक विजेता मण्डेकाजि श्रेष्ठ, आयसा शाक्य र सुवास तामाङसहित ७ खेलाडी बर्ष प्रतिभा पुरस्कारबाट सम्मानित भएका छन् ।

युवा तथा खेलकुद मन्त्रालयले आज सागमा दोहोरो स्वर्ण पदक विजेता मण्डेकाजि, आयसा र सुवास तामाङसहित सात खेलाडीलाई बर्ष प्रतिभा पुरस्कारबाट सम्मान गरेको हो । युवा तथा खेलकुद मन्त्रालयको वार्षिक कार्यक्रमअनुसार आवेदन आएकामध्येबाट ७ खेलाडी सम्मानित भएका हुन् ।

मन्त्रालयले साइक्लिङकी लक्ष्मी मगर, भारोत्तोलनका विकास थापा, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र शारीरिक सुगठनका समिर श्रेष्ठलाई पनि प्रतिभा पुरस्कार प्रदान गर्यो । लक्ष्मी, विकास र सन्तोषीले पनि १३ औं सागमा स्वर्ण पदक जितेका थिए । उनीहरुले समान  ५० हजार ९ सय ५० रुपैया प्राप्त गरे । यस्तै मन्त्रालयले  २ खेल प्रशिक्षक, २ खेल प्रायोजक तथा खेल संघ, निर्णायक र चिकित्सकबाट समान १ जनालाई पनि सम्मानित गर्यो । तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठ र करातेका कुशल श्रेष्ठ,  निर्णायकमा जुडोका धर्मकुमार श्रेष्ठ,  संघबाट नेपाल गल्फ संघ, चिकित्सकतर्फ डाक्टर ज्ञानेन्द्र विक्रम शाह, खेलकुदको विकास र प्रवद्र्धनमा आर्थिक सहयोग गरेकोमा काठमाडौं महानगरपालिका र कतार एयरवेज प्रायोजकका रुपमा सम्मानित भए ।

२१ दिने सुचनामा २७ खेलाडी, १२ खेल प्रशिक्षक, ३ खेल निर्णायक, ४ खेल व्यवस्थापक र चिकित्सक, २ खेल संघ र विधा नखुलेका ४ वटा गरी जम्मा ५२ वटा आवेदनहरु परेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *