ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

केन्द्रिय समितिको बैठक जारी रहँदा नेविसंघ र तरुण दलको सानेपामा प्रदर्शन

सेयर गर्नुहोस
  • 7
  •  
  •  
  •  
    7
    Shares

काठमाडौं पुस ७,

आफुलाई लोकतन्त्रको हिमायती मान्ने नेपाली काँग्रेस मंगलबार प्रधानमन्त्रीको कदम विरुद्ध एक जुट भएर लाग्ने विषयको छलफलमा थियो । तर गेटैमा नेपाल विद्यार्थी संघ र तरुण दलका कार्यकर्ता भने कार्यसमितीको पूर्णताको माग राख्दै प्रदर्शनमा थिए ।

तरुण दल र नेविसंघको कार्यसमितिलाई पूर्णता दिन माग गर्दै तरुण दल र नेविसंघका कार्यकर्ताहरुले ब्यानर र प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।

लामो समयसम्म पदाधिकारी नियुक्त नगरेको भन्दै उनीहरु केन्द्रिय समितिको बैठकको अवसर पारेर सानेपा पुगेका थिए । तर केन्द्रिय समितिको बैठकमा समेत आफ्ना मागहरुको वेवास्ता गरेको भन्दै उनीहरु आक्रोषित देखिन्थे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *