बेलायतबाट नेपाल आउन नागरिक उड्डयन प्राधिकरणको रोक

काठमाडौं पुस ७,
कोरोना संक्रमणको जोखिम पुन: बढेको भन्दै बेलायतबाट नेपाल आउन नेपाल नागरिक उड्डयन प्राधिकरणले रोक लगाएको छ।
कोरोना भाइरसको संक्रमण फेरि बढेको भन्दै बेलायतबाट आउने वा ट्रान्जिट भएर आउने यात्रुलाई नल्याउन प्राधिकरणले एयरलाईन्सहरुलाई निर्देशन दिएको हो।
पछिल्लो समय बेलायतमा कोरोना संक्रमण फैलिएपछि विभिन्न मुलुकहरुले यात्रामा प्रतिबन्ध लगाएका छन् ।