ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

ओली विरुद्ध आक्रमक शैलीमा नेता- पद च्यूत देखि आन्दोलनसम्म

काठमाडौं पुस ७,

प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेसंगै एक भएका दलहरुको केन्द्रिय समितिले ओली विरुद्ध एक ढिक्का भएर लाग्ने भएका छन् ।

यसअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नेतृत्वमा नेकपा ओली इत्तर समुह र जनता समाजवादी पार्टीले ओलीको कदम विरुद्ध एक हुन केन्द्रिय समितिको बैठक बस्ने निर्णय गरेका थिए ।

नेपाली काँग्रेसको पार्टी कार्यालय सानेपामा बसेको बैठकको सुरुवात गर्दै सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको कदम अधिनायकवाद र निरंकुश आकांक्षाबाट प्रेरित भएको जनाएका छन् । नेपाली काँग्रेसको पार्टी कार्यलय सानेपामा जारी केन्द्रिय समितिको बैठकमा सभापति देउवाले ओलीको कदम गैर संवैधानिक भएको टिप्पणी गरेको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जनाकारी दिए ।

कांग्रेस केन्द्रिय समितिको बैठकमा केन्द्रिय सदस्यहरुले पार्टीले अभिभावकको भूमिका खेल्नु पर्ने धारण राखेको प्रवक्ता शर्माको भनाई छ ।

ओलीले संविधानमाथी असंवैधानिक कदम चालेको बताएका कांग्रेस केन्द्रिय सदस्यले चुनावका लागि पनि तयार रहन तथा पदको लालचामा नलाग्न समेत आग्रह गरेका छन् । केन्द्रिय सदस्यसंगको छलफल पछि निस्कर्षमा पुग्ने जनाएको काँग्रेसले केही दिन लगाएरमात्र निष्कर्ष निकाल्ने जनाएको छ ।

उता जनता समाजवादी पार्टीले ओली विरुद्ध आन्दोलनको कार्यक्रम नै घोषणा गरेको छ । मंगलबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पुस ८ देखि १२ गतेसम्मको आन्दोलन कार्यक्रम घोषणा गरेको हो ।

पुस ८ गते सबै जिल्ला सदरमुकाममा प्रदर्शन गर्ने, १० गते सबै जिल्ला सदरमुकाममा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्ने, ११ गते सबै जिल्ला सदरमुकाममा मसाल जुलुस निकाल्ने र १२ गते काठमाडौंमा केन्द्रीकृत जनप्रदर्शन गर्ने निर्णय भएको संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले जानकारी दिए । जसपाले संसद अझै जीवित रहेको निश्कर्ष निकाल्दै अधिवेशन आह्वान गर्न सभामुखलाई आग्रह गर्ने निर्णय पनि गरेको छ ।

तेस्तै नेकपाको प्रचण्ड- नेपाल पक्षले ओलीलाई अध्यक्षबाट च्यूत गर्दै वरिष्ठ नेता माधव कुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *