ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

ओली -नेपाल गुटको निर्णय – केपी ओलीलाई हटाउदै माधव नेपाललाई अध्यक्ष घोषणा

नेकपाको प्रचण्ड माधव गुटको केन्द्रिय कमिटीको बैठ्कले ओलीलाई अध्यक्ष पदवाट हटाउदै माधव कुमार नेपाललाई उक्त पदमा नियुक्ती गर्ने निर्णय गरेको छ ।

नेकपा माधव प्रचण्ड गुटको केन्द्रिय कमिटीले १० वटा निर्णय गर्ने ओलीलाई अध्यक्ष पदवाट हटाउने निर्णय गरेको छ । केपी ओलीको स्थानमा माधवकुमार नेपाललाई अध्यक्ष पदमा नियुक्ती गर्ने नेकपाको केन्द्रिय कमिटीलाई हटाउने निर्णय गरेको प्रवक्ता नारायण काजी श्रेष्ठले वताए ।

मंगलवार विहान वसेको ओली गुटको भेलाले नारायणकाजी श्रेष्ठलाई पार्टी प्रवक्तावाट हटाउने निर्णय गरेको थियो । त्यसप्रति श्रेष्ठले आफु कुनै गुटको प्रवक्ता नभई सिङ्गो पार्टीको प्रवक्ता भएकाले कसैले हटाउदै आफु नहट्ने वताएका छन् । रिक्त रहेको स्थायी कमिटीमा पुर्वसभामुख कृष्णवहादुर महरालाई नियुक्ती गर्ने निर्णय गरेको छ । त्यस्तै बैठ्कमा  ३ सय १९ जना केन्द्रिय सदश्यहरुको उपस्थिति रहेको नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *