प्रमुख तीन दलले केन्द्रिय कमिटीबाटै ओलीको कदमको विरोध गर्ने सहमति
काठमाडौं पुस ६,
प्रमुख तीन राजनीतिक दल नेकपा,नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले प्रधानमन्त्रीको कदम गैर संवैधानीक भएको भन्दै ओलीको कदम विरुध एक ठाउँमा उभिने भएका छन् ।
नेपाली कांग्रेसको पार्टि कार्यालय सानेपामा आयोजना भएको सर्वदलीय बैठकले संसद विघटन संविधानमा हुँदै नभएको प्रावधानमा टेकेर संविधानमाथिको आक्रमण गरेको निष्कर्ष निकालेको हो ।
बैठकपछि नेपाली कांग्रेसले विज्ञप्ति जारी गर्दै भनिएको छ – ‘ प्रतिनिधि सभा विघटन गरिएको कार्य असंवैधानिक र अलोकतान्त्रिक भएको तीनै दलको समान धारणा छ । उक्त कार्यको विरोध गर्न तीनै दल सहमत भएका छन् ।’
तेस्तै तीनै दलले आगामी कार्यक्रम तय गर्न आ–आफ्ना दलका केन्द्रीय कार्यसमितिमा छलफल र निर्णय गर्ने समझदारी गरेका छन् ।
बैठकमा नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहादुर खड्का, केन्द्रीय सदस्यहरु— बालकृष्ण खाँण, डा. मिनेन्द्र रिजाल र रमेश लेखकको सहभागिता थिए ।
तेस्तै नेपाल कम्युनिष्ट पार्टीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता झलनाथ खानाल, नेता माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, वर्षमान पुन र कृष्णभक्त पोखरेल र जनता समाजवादी पार्टीबाट अध्यक्ष महन्थ ठाकुर, नेता शरतसिंह भण्डारी, सर्वेन्द्रनाथ शुक्ल, उमाकान्त झा र जितेन्द्र सोनल बैठकमा सहभागीता थियो ।