ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोभ्याक्स अन्तरगत प्राप्त हुने खोपको प्राथमिकता कस्लाई ? अझै अन्योलमा सरकार

काठमाडौं पुस ६,

विश्व स्वास्थ्य संगठनले न्यून आय भएका मुलुकहरुलाइ २० प्रतिशत खोप निशुल्क उपलब्ध गराउने जनाएको छ । त्यसमा नेपाल सहित १ सय ८६ देश सहभागी छन । कोरोना विरुद्ध प्रयोगमा ल्याएका खोपलाइ स्वीकृत गरेपछि डब्लुएचओले कोभ्याक्स अन्तरगत खोप उपलब्ध गराउनेछ ।

स्वास्थ्य संगठनले कोभ्याक्स अन्तर्गत उपलब्ध गराउने २० प्रतिशत खोपमध्ये पहिलो चरणमा ३ प्रतिशतलाइ दिइने भएको छ । जस अन्तर्गत नेपालले पाउने खोप अग्रमोर्चामा खटिनेलाइ प्रार्थमिकता दिइने बताइएपनि स्वास्थ्य मन्त्रालयले अझैसम्म मापदण्ड भने बनाएको छैन ।

तर मन्त्रालयले २० प्रतिशत खोपमध्ये पहिलो चरणमा प्राप्त हुने ३ प्रतिशत खोप महामारी विरुद्ध अग्रमोर्चामा खटिने स्वास्थ्यकर्मी,सुरक्षाकर्मी, सरसफाइकर्मी लगायत दिइने तयारी भइरहेको जनाएको छ ।

अग्रमोर्चामा खटिने लाई पुगेपछि अन्यलाई   वर्गिकरण गर्दै खोप लगाउने तयारी भैरहेको जनाइएको मन्त्रालयको  दावी  छ । १५ बर्ष माथीका सबै नागरिकलाइ एकैपटक खोप लगाउन नसक्ने भएकोले जोखिम समुहलाइ बर्गिकरण गरेर खोप सन्चालन गर्ने मन्त्रालयको भनाई छ  ।

पहिलो चरणमा संक्रमितको सम्पर्कमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मी,दिर्घरोगी र सुरक्षाकर्मीलाइ दिइने जनाइएको छ ।त्यसमा समेटिने समुह र संख्याबारे अध्ययन भैरहेको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा समिर अधिकारीले जानकारी दिए  ।

एकैपटक ठुलो संख्यामा खोप उपलब्ध नहुने भएकोले स्पस्ट मापदण्ड बनाएर खोप लगाउनुपर्नेमा विज्ञको जोड छ । यदि त्यसो हुन नसके पहुचको आधारमा खोप लगाउने र लक्षित समुहले नपाउन सक्ने उनीहरुको भनाई छ ।

 कतिपय मुलुकले खोप उत्पादक कम्पनीसँग अग्रिम बुकिङ गरेर हाल खोप अभियान सन्चालन गरिरहदा नेपाल सरकारले भने खरिद प्रकृयातर्फ प्रभावकारी कदम चाल्न सकेको छैन । अनुदानकै खोपमा निर्भर रहिरहदा त्यस्लाइ समेत ब्यवस्थित नबनाउन पहल नभए थप समस्या हुने विज्ञको भनाई छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *