६ हजार परिक्षण गर्दा ७ सय ४२ कोरोना संक्रमित
काठमाडौं पुस ६,
नेपालमा पछिल्लो चौबीस घण्टामा ७ सय ४२ जनामा कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार ६ हजार ३ सय ५१ वटा नमुना परीक्षणमा देशभर ७ सय ४२ जना कोरोना संक्रमित पुष्टि भएको हो । हालसम्म कोरोना संक्रमण पुष्टि हुने संख्या २ लाख ५४ हजार ५ सय १४ जना पुगेको मन्त्रालयले जनाएको छ ।
कोरोनाका कारण थप ७ जनाले ज्यान गुमाएका छन् । हालसम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या १ हजार ७ सय ९५ पुगेको छ । यो प्रतिशत शुन्य दशमलव सात शुन्य रहेको छ । गत चौबीस घण्टामा १ हजार ७५ जना कोरोना मुक्त भएका छन् ।
हालसम्म कोरोना मुक्त हुने २ लाख ४४ हजार ७ सय ४३ जना रहेका छन् । हालसम्म कोरोना मुक्त हुने प्रतिशत ९५ दशमलव रहेको छ। देशभर क्वारेन्टिनमा ४ सय २१ जना र सक्रिय संक्रमित संख्या ७ हजार ९ सय ७६ जना रहेका छन् ।