ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आफुलाई कारवाही गर्ने भएपछि प्रधानमन्त्रीले मंगलबारलाई नै डाके केन्द्रिय समिती बैठक, ओलीले ९ बजेर र प्रचण्डले १ बजेका लागि बैठक आह्वान

काठमाडौं पुस ६,

आइतबार नेकपा स्थायी कमिटीको बैठकले मंगलबार दिउँसो एक बजेका लागि केन्द्रिय कमिटीको बैठक आह्वान गरेको थियो । स्थायी कमिटीले ओलीले संसद विघटनको असंवैधानिक कदम चालेको भन्दै कारवाहीको सिफारीस गर्दै मंगलबार १ बजेका लागि केन्द्रिय कमिटीको बैठक डाकेको थियो । तर प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीले मंगलबार बिहानका लागि केन्द्रिय कमिटीको बैठक डाकेका छन् ।

मंगलबार बिहान ९ बजे बालुबाटारमा बस्ने बैठकले आगामी गतिरोध कसरी चिर्ने र आगामी रणनीतिका विषयमा छलफल हुने नेता महेश बस्नेतले जानकारी दिएका छन् । तर पूर्व माओवादी निकट नेताहरुले भने यसलाई हतासको निर्णका रुपमा ब्याख्या गरेका छन् । जे होस मंगलबारको दुई केन्द्रिय समितिको बैठक कसरी सञ्चालन हुन्छ त्यो भने हेर्न बाँकी नै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *