ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पूर्व माओवादीका दुई मन्त्री, भट्ट ओलीसंग बादल अझै मौन

सेयर गर्नुहोस
  • 13
  •  
  •  
  •  
    13
    Shares

काठमाडौ पुस ६,

संसद विघटन पछि पूर्व माओवादीका दुई मन्त्रीहरु रामबहादुर थापा बादल र लेखराज भट्ट प्रधानमन्त्री ओलीको पक्षमा देखिएका छन् । माधव नेपाल पक्षका मन्त्रीहरु घनश्याम भूषाल र योगेश भट्टराई सहित पूर्व माओवादीका ५ जना मन्त्रीले राजीनामा गरेपनि थापा र भट्ट भने सरकारमा नै छन् ।

यस्तो अवस्थामा यि दुई नेताको आगामी कदमको विषयलाई लिएर चर्चा भइरहेका समयमा मन्त्री भट्टले भने प्रचण्ड सरकार गिराउने खेलमा लिप्त भएका कारण प्रचण्डलाई साथ दिन नसकिएको जनाएका छन् । भट्ट प्रधानमन्त्री ओलीले आयोजना गरेको उनी निकट सांसदको बैठमा सहभागि भएका थिए ।

तर सधै मौन जस्तै बनिरहने बादलले भने अझै स्पष्ट निर्णय गर्न सकेका छैनन् । ओली र प्रचण्ड दुवैले आयोजना गरेको छलफलमा सहभागी नभएका बादलले भने आफ्नै गुठसंग छलफल गरेका छन् । उनलाई केपी ओलीले  संसद विघटनजस्तो प्रतिगामी कदम चालेको भन्दै उनको साथ छोड्न सुझाव दिएका छन् ।

नेताहरु पम्फा भुसाल, देव गुरुङ, हितमान शाक्य लगायतका नेताहरुले ओलीको संसद विघटन गर्ने कदम कुनै हालतमा स्वीकार गर्न नसकिने भन्दै कित्ता क्लियर गर्न सुझाव दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *