ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

राष्ट्रपति संस्था देशको अभिभावक हो, राष्ट्रपति आफ्नो भूमिका निर्वाह गर्नमा चुक्नु भएको छ- पूर्व राष्ट्रपति यादव

सेयर गर्नुहोस
  • 12
  •  
  •  
  •  
    12
    Shares

काठमाडौं पुस ६,

पूर्व राष्ट्रपति डा रामवरण यादवले संसद विघटन राजनीतिक, संवैधानिक र नैतिक रुपमा नमिल्ने भएको टिप्पणी गरेका छन् ।

सोमबार त्रिभुव विश्वविद्यालयको ४६ औं दीक्षान्त समारोहलाई सम्वोधन गर्दै पूर्व राष्ट्रपति यादवले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको मर्यादा अनुसार काम गर्न नसकेको टिप्पणी गरेका हुन् । उनले प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको कदमले आफुलाई मर्माहत बनाएको समेत जनाएका छन् ।

उनले भने -‘नेपाली जनताले आशिर्वाद दिएर पुर्‍याएको संस्थाको विषयमा यसअघि मैले कहिल्यै पनि टिप्पणी गरेको थिएँ, आज अत्यन्त मर्माहत भएर यो कुरा भनिरहेको छ,’ गणतन्त्र नेपालका प्रथम राष्ट्रपति यादवले भने, ‘म मात्रै होइन, तीन करोड जनता मर्माहत भएका छन् । त्यो संस्थामा चोट पुगेको छ ।’

पछिल्लो समय राष्ट्रपित संस्थामाथी नै जनताले प्रश्न उठाउन थालेको भन्दै डा यादवले भने – ‘राष्ट्रपति संस्थामाथि पनि देशले प्रश्न उठाएको छ, यो संस्था देशको अभिभावक हो । उहाँ आफ्नो भूमिका निर्वाह गर्नमा चुक्नु भएको छ ।’

उनले राष्ट्रपतिले ध्यान नपुर्याएको विषय अदालतले सुधार गर्ने विश्वास लिएका छन् । उनको भनाई छ- ‘सर्वोच्च अदालतको यो विषयमा ध्यान पुगोस्, ध्यान पुग्नै पर्छ भन्ने विनम्र आग्रह पनि छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *