संसद विघटन गरेको भन्दै राष्ट्रपति र प्रधानमन्त्री विरुध सर्वोच्चमा मुद्दाको चाङ
काठमाडौं पुस ६,
संसद विघटन गरेको भन्दै सरकार विरुध सर्वोच्च अदालतमा ८ वटा रिट पेस भएका छन् ।
आइतबार सरकारको सिफारीसमा राष्ट्रपति विद्या भण्डारीले संसद विघठन गरेकी थिइन् । उक्त कदम संविधानको मर्म र भाव विपरीत भएको भन्दै सर्वोच्चमा मुद्दा दायर भएका हुन् ।
सर्वोचका अनुसरा आइतबार अधिवक्ता कञ्चनकृष्ण न्यौपाने, सुलभ खरेल र लोकेन्द्रबहादुर ओलीले सरकार विरुध रिट दायर गरेका थिए । भने सोमबार अन्य ४ रिट दायर भएको अदालतका सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए । उनका अनुसार दिनको एक बजेसम्म यतिको सङ्ख्यामा मुद्दा दर्ता भएका हुन् ।
सवै मुद्दामा मन्त्रीपरिषद, प्रधानमन्त्री तथा राष्ट्रपतिलाई प्रतिवादी बनाइएको छ ।