कांग्रेस केन्द्रिय कार्यलयमा नेकपा सहितको सर्वदलीय छलफल

काठमाडौं पुस ६,
प्रधानमन्त्री केपी ओलीले संसद विगठन गरेपछि उत्पन्न परिस्थितिको विषयमा छलफल गर्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सर्वदलीय बैठक बोलाएको छ ।
दिनको ४ बजे पार्टि केन्द्रिय कार्यालयमा बस्ने सर्वदलिय बैठकले संसद विगठन र त्यो संगै घोषणा भएको मध्यावधिक निर्वाचनको विषयमा समेत छलफल गर्न लागेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले द प्रेश नेपाललाई जानकारी दिए ।
आइतबार नै कांग्रेस संसदीय दलको कार्यालयमा नेकपा, कांग्रेस र जनता समाजवादी पार्टीका नेताहरू छलफल गरेका थिए । प्रधानमन्त्री ओलीको कदम असंवैधानिक र निरंकुश रहेको निष्कर्ष निकालेका प्रतिपक्षीले पुन आज छलफल गर्न लागेका हुन् ।